मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रभु बैंकद्वारा गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 291
    SHARES
  • प्रभु बैंकद्वारा गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

    काठमाडौं । प्रभु बैंक लिमिटेडले पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ । 

    images

    स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने लक्ष्यका साथ गण्डकी प्रदेश कार्यालय अन्तर्गत एजुकेशन हव स्थापना गरेको हो ।

    हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तिय लागत परिपुर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ ।

    images

    सिमित वित्तिय स्रोत साधनका कारण आफ्ना सन्ततीहरुलाई उच्च शिक्षा प्रदान गर्नबाट बञ्चित रहेको समसामयिक परिप्रेक्षलाई मध्यनजर गरी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले यस प्रभु बैँक गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त शैक्षिक केन्द्र स्थापना गरी प्रभु बैँकको सेवालाई थप प्रभावकारी बनाईने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रभु बैंकले आप्mनो बैंकको सेवालाई परिस्कृत गर्दै जाने क्रममा गण्डकी प्रदेश कार्यालय अन्र्तगतका सम्पुर्ण शाखा कार्यालयहरुबाट सरल र सहज रुपमा नियमित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । 

    शैक्षिक केन्द्रले शैक्षिक कर्जा तथा त्यससंग सम्बन्धित विषयहरुको मात्रै समेटने भएकोले शाखा तथा शैक्षिक केन्द्रबाट प्रारम्भ गरिने कर्जाको प्रकृया अत्यन्तै छिटो तथा प्रभावकारी हुने बताएको छ । वैंंकको गण्डकी प्रदेश अन्तर्गत ५५ वटा शाखा कार्यालय सञ्चालनमा छन ।

    त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

    साथै, छोटो समयको अन्तरालमा नै नविनतम प्रविधि फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक लिमिटेड
  • # एजुकेशन हव