काठमाडौं । नेकपा माओवादी केन्द्रले माओवादी जनयुद्धलाई अपमानित र अवमूल्यन गर्ने कुनैपनि गतिविधि स्वीकार्य नहुने बताएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतले जनयुद्धको भुमिकालाई अवमूल्यन र अपमानित गर्नेगरी सांसदले संसदमा बोलेको विचारप्रति आफ्नो दलको असहमती, आपत्ति र विरोध कायमै रहेको समेत बताएका हुन् ।
उनले सत्तारूढ सांसदहरूले प्रयोग गरेको हिंसा शब्दले जनताको त्याग र बलिदानलाई अपमानित गरेको बताए ।
उनले भने, "सत्तारूढ सांसदहरूले प्रयोग गरेको हिंसा शब्द अपमानजनक मात्रै होइन, यसले जनताको त्याग र बलिदानलाई अपमानित गरेको छ ।नेपालको संविधान, शान्ति प्रक्रियाको भावना र माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई अवमूल्यन र अपमानित गर्ने गरी यहाँ सत्तारुढ दलका माननीयहरुले व्यक्त गर्नु भएका विचारहरुप्रति हाम्रो दलको असहमती, आपत्ति र विरोध कायमै रहेको कुरा दलको तर्फबाट पुन रेकर्ड गराउन चाहन्छु ।"
.jpg)


