काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी छन् ।
क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए । क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभगी हुने कार्यक्रम रहेको छ ।
सो बैठकपछि मन्त्री डा.राणा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा उनी सहभागी हुनेछिन् ।
सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ । अमेरिकामा रहँदा मन्त्री डा.राणाले विभिन्न फोरमहरुलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुने कार्यक्रम रहेको छ ।
मन्त्री डा.राणा अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्नेछिन् ।
मन्त्री राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्कने कार्यक्रम छ
.jpg)


