काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आज पनि जारी रहेको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबारबाट सुरु भएको भेलामा आज सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।
भेलाको पहिलो दिन मंगलबार कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि हिजो नै छलफल भएको छ ।
हिजो सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिएको थियो ।
आज सबै प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफल हुनेछ । आज प्रश्नोत्तरका लागि तीन घण्टाको समय छुट्याइएको रास्वपाले जनाएको छ ।
भेलामा देशभरबाट एकहजार पाँचसय प्रतिनिधि सहभागी छन् ।


