सोमबार, कार्तिक १७ गते २०८३
images
images

नागरिकलाई अधिकार सम्पन्न बनाउन गणेशमान सिंहको महत्वपूर्ण भूमिका छ:उपप्रधानमन्त्री सिंह

एक्सप्रेस पाना
आश्विन २, २०८१ बुधबार
  • 212
    SHARES
  • नागरिकलाई अधिकार सम्पन्न बनाउन गणेशमान सिंहको महत्वपूर्ण भूमिका छ:उपप्रधानमन्त्री सिंह

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । 

    images

    बुधबार बिहान शोभाभगवतीमा रहेको गणेशमान सिंहको सालिकमा माल्यार्पण गर्दै उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्ष भन्दा लामो जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको स्मरण गरे ।

    उपप्रधानमन्त्री सिंहले भने,"नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा हामी गणेशमान सिंहलाई सम्झन्छौँ,’ । ’ ६ दशकभन्दा लामो सक्रिय राजनीतिमा गणेशमानले राणा र पञ्चायतका बेला १५ वर्ष जेल र अर्को १५ वर्ष निर्वासनमा बिताउनुभयो । यसबाट देशमा जनतालाई सार्वभौमसत्ता सम्पन बनाउन, अधिकारसम्पन्न बनाउन उहाँको प्रतिवद्धता र समर्पण कति थियो भनेर हामी भन्न सक्छौँ ।"

    images