मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ४ अंकले घट्यो सेयर बजार, ५ अर्ब ६६ करोडको कारोबार

एक्सप्रेस पाना
आश्विन २, २०८१ बुधबार
  • 248
    SHARES
  • बुधबार ४ अंकले घट्यो सेयर बजार, ५ अर्ब ६६ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सामान्य अकंले घटेको छ । 

    images

    आज बजार ४ अंकले घटेर सेयर बजार २५७६.७६ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  

    घटेको बजारमा कारोबार रकम पनि घटेको छ । बजारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ।

    images

    आज कारोबारमा आएका कम्पनी मध्ये ७४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    आज बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् । विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंक घटे ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार