काठमाडौं । काठमाडौको सुनधारास्थित पुनर्निर्माण भएको धरहरा भोलि बिहिबार देखी सर्वसाधारणको लागि खुला गरिने भएको छ ।
असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्न लागिएको हो ।
नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । शहरी विकास मन्त्रालयले धरहरा चढ्न पाउने व्यवस्था गर्न केन्द्रीय आयोजना कार्यान्वयन इकाइका परियोजनालाई निर्देशन दिएको थियो ।
परियोजनाका अनुसार भोलिदेखि धरहरामा दैनिक करिब ५०० जना चढ्न सक्नेछन् । धरहरामा प्रवेशको लागि टिकटको व्यवस्थापनको काम नसकिएकाले केहि दिनका लागि धरहराको प्रवेश निःशुल्क गरिने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा बिहीबार फेरि उद्घाटन गर्न लागिएको हो ।
धरहरा पूर्णरुपमा निर्माण सम्पन्न भने भइसकेको छैन । २०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टिनको छाना हालेर राखिएको छ ।
.jpg)


