काठमाडौं । आजदेखी काठमाडौको सुनधारास्थित पुनर्निर्माण भएको धरहरा ९ वर्षपछि सर्वसाधारणले चढ्न पाएका छन् ।
बिहिबार संविधान दिवसको अवसर पारेर खुल्ला गरिएको धरहरा चढ्ने मानिस हरुको भीड लागेको छ । धरहराको प्रवेश टिकट अहिलेको लागि निःशुल्क छ र पार्किङ पनि निःशुल्क हुनेछ । चढ्नेहरूले दुईवटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउनेछन्, र माथि पुग्न र तल झर्नका लागि करिब १० मिनेट बिताउन पाउनेछन् । फोटो र भिडियो खिच्न पनि अनुमति हुनेछ ।
अर्को व्यवस्था नहुँदासम्म सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउनेछन् ।२०७२ वैशाख १२ को भूकम्पमा पुरानो धरहरा ढलेपछि त्यसैको नजिकै नयाँ धरहरा बनाइएको हो। यसको मुनि भूमिगत पार्किङको व्यवस्था गरिएको छ। काठमाडौं ।
.jpg)


