मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सिटिजन्स बैंक र मिराज बेकरीबीच विशेष छुट सम्बन्धी सम्झौता

एक्सप्रेस पाना
आश्विन ४, २०८१ शुक्रबार
  • 236
    SHARES
  • सिटिजन्स बैंक र मिराज बेकरीबीच विशेष छुट सम्बन्धी सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको बौद्धस्थित मिराज बेकरी बीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ  ।

    images

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मिराज बेकरीमा १५ प्रतिशतसम्मको आकर्षक छूट पाउने छन् । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।

    कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिने छ ।

    images

    कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # सिटिजन्स बैंक
  • # मिराज बेकरी