बुधबार, भाद्र २४ गते २०८३
images

विश्वकप लिग–२ मा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

एक्सप्रेस पाना
आश्विन ६, २०८१ आइतबार
  • 248
    SHARES
  • विश्वकप लिग–२ मा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । विश्वकप लिग–२ मा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। 

    images

    घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ। पहिलो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो।

    खेल साँझ ८ः४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ।

    images

    क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले दोस्रो खेल खेल्न लागेको हो। नेपालले ओमानसँगसमेत पहिलो खेलमा १ विकेटको हार खाएको छ। ओमानसँगको अन्तिम खेल नेपालले मंगलबार खेल्नेछ।

    नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी–२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ।

    क्यानडामा सिरिज खेलिसकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ। अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी–२० आई सिरिज खेल्नेछ।

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग–२
  • # नेपाल
  • # क्यानडा