मंगलबार, भाद्र २३ गते २०८३
images

कांग्रेसको व्यावसायिक सीप विकास विभागमा १० सदस्य मनोनीत

एक्सप्रेस पाना
आश्विन ६, २०८१ आइतबार
  • 218
    SHARES
  • कांग्रेसको व्यावसायिक सीप विकास विभागमा १० सदस्य मनोनीत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यावसायिक सीप विकास विभागमा सदस्यहरूलाई मनोनीत गरेका छन् ।

    images

    नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गंगालक्ष्मी अवाल प्रमुख रहेको उक्त समितिमा सभापति देउवाले आइतबार १० सदस्यलाई मनोनीत गरेका हुन् ।

    विभागमा मनोनीत हुनेहरूमा वीना तामाङ झापा, कोमलकान्त झा– धनुषा, प्रतिभा अदुवा श्रेष्ठ– भक्तपुर, निशा मल्ल ठकुरी– कास्की, सुनिल श्रेष्ठ–काठमाडौं, उमाकुमारी थापा– बाँके, फरिन्दा महर्जन– ललितपुर, रमेश केसी– जाजरकोट, सीतादेवी बस्नेत कार्की– काठमाडौं र प्रमिला जैरू– कञ्चनपुर रहेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले  जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस