सोमबार, कार्तिक १७ गते २०८३
images
images

गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीे पक्राउ,आजै पोखरा लैजाने तयारी

एक्सप्रेस पाना
आश्विन ६, २०८१ आइतबार
  • 202
    SHARES
  • गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीे पक्राउ,आजै पोखरा लैजाने तयारी

    काठमाडौं । गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले आइतबार पूर्व डीआईजी समेत रहेका जोशीलाई पक्राउ गरेको हो । उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

    सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित जिवी राई,रवि लामिछाने,कुमार रम्तेलको नाम किटान गर्दै कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको थियो ।

    images

    गृहमन्त्री रमेश लेखकले आजै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । लगत्तै उनी पक्राउ परेका हुन् । प्रहरीले जोशीलाई पोखरा लैजाने तयारी गरिरहेको छ ।

    समितिले भदौ ३१ गते संसदमा प्रतिवेदन बुझाएको थियो । असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # गोर्खा मिडिया
  • # छविलाल जोशीे