सोमबार, कार्तिक १७ गते २०८३
images
images

'सबैलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन:रवि लामिछाने

एक्सप्रेस पाना
आश्विन ७, २०८१ सोमबार
  • 337
    SHARES
  • 'सबैलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन:रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले केही नबिराएको बताएका छन् ।

    images

    पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई आइतबार राति सम्बोधन गर्दै लामिछानले आफूले केही नबिराएका कारण नडराउँने बताएका हुन् । 

    सम्बोधनका क्रममा उनले भने, ‘मैले केही बिराएको छैन । म डराएको पनि छैन् । सबैलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन । बेचेका मान्छेलाई बचाएर राजनीतिमा आएको हो ।’‘संसदीय समितिले छानबिनका क्रममा काहीँ कतै कुनै पनि किसिमको संलग्नता छैन भन्छ । म भागेर लुकेर डराएको होइन। म भागेको पनि छैन, लुकेको पनि छैन । सरकारले जुन ट्रायल गरिरहेको छ मैले बुझ्न सकेको छैन के हो ?, उनले प्रश्न गरे ।’

    images

    उनले राजनीतिक प्रतिवेदनमा स्पष्ट पारेको बताउँदै सहकारीको रकम अपचलनबारे छानबिनलाई सघाउन तयार रहेको बताए । उनले भने, ‘छानबिनलाई सघाउन तयार छु । तर, यो पञ्चायत शैली ठिक भएन । सरकार एउटा मान्छेसँग नयाँ आउँदै गरेको दलसँग डराएको ठिक भएन । म अनि हिजो पनि अन्यायको शिकार भएको थिएँ आज पनि निरन्तर घेराबन्दीमा छु। कानुनी रूपमा राजनीतिक रूपमा र नैतिक रुपमा जुन ठाउँमा पनि सत्यका लागि लड्न तयार छु ।’

  • सम्बन्धित विषय:

  • # सभपति रवि लामिछाने