सोमबार, कार्तिक १७ गते २०८३
images
images

चीन भ्रमणमा गएका रास्वपाका सांसद तथा नेताहरु आज स्वेदश फर्किदै

एक्सप्रेस पाना
आश्विन ७, २०८१ सोमबार
  • 279
    SHARES
  • चीन भ्रमणमा गएका रास्वपाका सांसद तथा नेताहरु आज स्वेदश फर्किदै

    काठमाडौं । १० दिने चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरु तीन दिनमै स्वेदश फर्किदैछन । 

    images

    पार्टी सभापति रवी लामिछाने सहकारी बचत अपचलनमा प्रहरीबाट पक्राउ पर्ने आशंका भएपछि टोली भ्रमण छोट्याएर फर्किन लागेको बताइएको छ । 

    चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमणमा गएका सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा भ्रमण छोट्याएर आकस्मिक रूपमा आजै स्वदेश फर्किन लागेका हुन्।

    images

    सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई आइतबार फिर्ता बोलाएको हो।  गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका लामिछाने र जोशीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो।

  • सम्बन्धित विषय:

  • # रास्वपा