शनिबार, भाद्र २७ गते २०८३
images

देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगु संक्रमण

एक्सप्रेस पाना
आश्विन ७, २०८१ सोमबार
  • 250
    SHARES
  • देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगु संक्रमण

    काठमाडौं । हुम्लाबाहेक देशभर डेंगु संक्रमण देखिएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार हाल हुम्ला बाहेकका देशभरका जिल्लामा डेंगु संक्रमितको संख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको छ।

    हालसम्म डेंगु रोगको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ। 

    images

    डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै त्यसैले वर्षातको समयमा घर वरपर पानी जम्न नदिन विज्ञहरूले यसअघि नै बताउँदै आएका छन्।  डेंगु संक्रमण अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाएका छन्।

     

  • सम्बन्धित विषय:

  • # डेंगु संक्रमण