मंगलबार, भाद्र २३ गते २०८३
images

नेप्सेमा उच्च अंकको गिरावट, ५८.९३ अंकले घट्यो बजार

एक्सप्रेस पाना
आश्विन ८, २०८१ मंगलबार
  • 307
    SHARES
  • नेप्सेमा उच्च अंकको गिरावट, ५८.९३ अंकले घट्यो  बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार ओरालोतर्फ लागेको छ ।

    images

    आइतबार सामान्य अकंले बढेको बजार सोमबार र मंगलबार भने घटेको छ । आज बजार ५८.९३ अंकले घटेर २४७०.३९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज १० कम्पनीको मात्र सेयर मूल्य बढ्दा बजारमा पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार रूपैयाँको कारोबार भएको छ। मंगलबार २ सय ३३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने एक कम्पनीको सेयर मूल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

    आज फाइनान्स सबैभन्दा धेरै ४.६ प्रतिशत घट्यो । बैंकिङ २.००, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, हाइड्रोपावर २.८०, लगानी २.९८, उत्पादन १.९५, माइक्रोफाइनान्स २.३८, निर्जीवन बीमा १.३९, अन्य २.७९ र व्यापार २.०७ प्रतिशत घटे ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार