मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ४९.१८ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन ९, २०८१ बुधबार
  • 271
    SHARES
  • बुधबार ४९.१८ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । लगातार घटेको बजारमा बुधबार भने हरीयाली छाएको छ । 

    images

    साताको चौथो कारोबार दिन बुधबार बजार ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    आज बजार बढे पनि कारोबार रकम भने खुम्चिएको छ । आज २२३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ। १८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन।   

    images

    बुधबार म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढे ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार,