बुधबार, भाद्र २४ गते २०८३
images

अध्यागमन कार्यालयका बारेमा नकारात्मक टिकाटिप्पणी आउने गर्छन्, सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक

एक्सप्रेस पाना
आश्विन ९, २०८१ बुधबार
  • 238
    SHARES
  • अध्यागमन कार्यालयका बारेमा नकारात्मक टिकाटिप्पणी आउने गर्छन्, सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । 

    images

    बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नकारात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने बताएका हुन् । उनले विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिए । 

    “अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो । यहाँ आउने नागरिकले नेपाल हेर्ने यहीँ हो । बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो”, गृहमन्त्री लेखकले भने । 
     
    उक्त अवसरमा अध्यागमनका कर्मचारीहरुले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव र विभिन्न भौतिक संरचना सुधारको आवश्यकता रहेको बताए ।

    images

  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • # अध्यागमन कार्यालय