सोमबार, कार्तिक १७ गते २०८३
images
images

स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता

एक्सप्रेस पाना
आश्विन १०, २०८१ बिहीबार
  • 261
    SHARES
  • स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता

    काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा उम्मेदवारी दर्ता हुने भएको छ ।

    images

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार २ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।

    ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

    images

    त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह उपनिर्वाचन