सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन प्रधानमन्त्रीसंग पहल गर्नेछु:उड्डयनमन्त्री पाण्डे

एक्सप्रेस पाना
आश्विन १०, २०८१ बिहीबार
  • 241
    SHARES
  • प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन प्रधानमन्त्रीसंग पहल गर्नेछु:उड्डयनमन्त्री पाण्डे

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन्।

    images

    बिहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमबिच मन्त्री पाण्डेले प्रतिष्ठानको नाममा रहेको जग्गा  फिर्ता ल्याउने बारे प्रधानमन्त्री स्वदेश फर्किएपछि प्रक्रिया अगाडी बढाउने बताएका हुन् । 

    मन्त्री पाण्डेले भने, ‘कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनुहुँदैन। नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ। शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन। सम्मानीय प्रधानमन्त्री स्वदेश फर्किएपछि उहाँलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाको बारेमा कुरा गर्ने वचनबद्धता व्यक्त गर्दछु।’

    images

    जग्गा फिर्ता भएपछि दक्ष जनशक्ति उत्पादन गर्नका लागि आवश्यक संरचना बनाउने बताउदैं मन्त्री पाण्डेले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

    उनले अगाडि भने, ‘नागरिक उड्डयन क्षेत्र कमजोर भयो भने धेरै कुरा देखाउन सक्दैनौँ। हामीसँग नेपालको आकाश सुरक्षित भन्ने सन्देश प्रवाह हुने गरि काम गर्न जरूरी छ । नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउन जरूरी छ। असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नुपर्छ।’

  • सम्बन्धित विषय:

  • # नेपाल उड्डयन
  • # बद्री पाण्डे