काठमाडौं । निरन्तरको बर्षाका कारण आज हवाई उडान प्रभावित भएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले उडानहरू प्रभावित भएको छ ।
त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।
आजको माउण्टेन फ्लाइटहरु पनि रद्द गरिएको छ । काठमाडौं लगायत देशभर बिहिबारदेखी निरन्तर पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर पानी पर्ने सम्भावना छ भने शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुने पूर्वानुमान गरिएको छ ।
.jpg)


