मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजदेखी चाडपर्व लक्षित सुकिला नोट साट्न पाइने

एक्सप्रेस पाना
आश्विन १३, २०८१ आइतबार
  • 201
    SHARES
  • आजदेखी चाडपर्व लक्षित सुकिला नोट साट्न पाइने

    काठमाडौं । दशैँलगायत चाडपर्वलाई लक्षित गरी बैंकहरूले आजदेखि सुकिला नोट सटही गर्ने भएका छन् । 

    images

    नेपाल राष्ट्र बैंकका अनुसार आइतबारदेखि असोज २२ गतेसम्म दरका सुकिला नोट साट्न पाइनेछ ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र सबै प्रदेशका कार्यालयहरूमा सुकिला नोट साट्न पाइने जनाइएको छ ।

    images

    साथै, सबै बैंक तथा वित्तीय कार्यालयहरूमा पनि नोट साट्न पाइने व्यवस्था मिलाइएकाले पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले सूचनामार्फत उल्लेख गरेको छ ।