आइतबार, कार्तिक १६ गते २०८३
images
images

बाढी प्रभावितका लागि एनआरएनएले एक करोड रुपैयाँ सहयोग गर्ने

एक्सप्रेस पाना
आश्विन १४, २०८१ सोमबार
  • 441
    SHARES
  • बाढी प्रभावितका लागि एनआरएनएले एक करोड रुपैयाँ सहयोग गर्ने

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    images

    नेपाली समयअनुसार आइतबार राती बसेको संघको बैठकले बाढी प्रभावितका लागि एक करोड रुपैँया सहयोग गर्ने निर्णय गरेको हो । बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण  विभागका प्रमुख डा. हेम राज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ । 

    समितिमा संघका विभिन्न पदाधिकारीहरु, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु समेतलाई संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा. केसीले राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गरे ।  

    images

    बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्नतामा समिति गठन गरेको छ । 

  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • # बाढी प्रभावित