सोमबार, कार्तिक १७ गते २०८३
images
images

बाढि पहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि तत्काल पहिलो किस्ता अनुदान दिने

एक्सप्रेस पाना
आश्विन १४, २०८१ सोमबार
  • 251
    SHARES
  • बाढि पहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि तत्काल पहिलो किस्ता अनुदान दिने

    काठमाडौं । सरकारले बाढि पहिरोको कारण घरबास गुमाएका परिवारहरूको अस्थायी आवास निर्माणका लागि तत्काल पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने भएको छ ।

    images

    सोमबार गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

    अस्थायी आवास अनुदान सम्बन्धि मापदण्ड अनुसार अस्थायी आवासका लाभग्राहीलाई पहिलो किस्तामा पच्चीस हजार रुपैयाँ उपलब्ध गराइन्छ । त्यस्तै पहिलो किस्ता प्राप्त गरी अनुसूची ४ बमोजिमको निवेदनमा स्थानीय तहले बाँकी रकम दिन उपयुक्त छ भनी सिफारिस गरेका अस्थायी आवासका लाभग्राहीलाई अन्तिम किस्तामा पच्चीस हजार रुपैयाँ उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

    images

    त्यस्तै, राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुहरूलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध भएका सडक खण्डहरु यथाशघ्रि सञ्चालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने, बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा सडक, खानेपानी लगायतका पूर्वाधार यथाशिघ्र सञ्चालन गरी सेवा प्रवाह सुचारु गर्न सम्बन्धित निकायले छिटो प्रकृयाबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने निर्णय पनि भएको छ ।

  • सम्बन्धित विषय:

  • # किस्ता
  • # बाढि पहिरो