मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सोमबार ४४.४५ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन १४, २०८१ सोमबार
  • 227
    SHARES
  • सोमबार ४४.४५ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । लगातार ओरालो लागिरहेको सेयर बजारमा आज भने हरीयारी छाएको छ । 

    images

    साताको दोस्रो कारोबार दिन सोमबार ४४.४५ अंकले बढेर बजार २५०८.८६ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज २१० कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। 

    बाकी ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

     म्युचुअल फन्डबाहेक सबै क्षेत्रका सूचक बढे । बैंकिङ १.१८, विकास बैंक १.९३, फाइनान्स ४.१९, होटल तथा पर्यटन ३.२८, हाइड्रोपावर १.२२, लगानी २.४५, जीवन बीमा १.७८, उत्पादन ३.८३, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा ०.७१, अन्य २.३७ तथा व्यापार समुह १.५२ प्रतिशत बढे ।