बुधबार, भाद्र २४ गते २०८३
images

परराष्ट्रमन्त्री राणा र एमसिसीका प्रमुख कार्यकारी अलब्राइटबीच भेटवार्ता

एक्सप्रेस पाना
आश्विन १५, २०८१ मंगलबार
  • 243
    SHARES
  • परराष्ट्रमन्त्री राणा र एमसिसीका प्रमुख कार्यकारी अलब्राइटबीच भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच भेटवार्ता भएको छ ।

    images

    अमेरिकास्थित नेपाली राजदूतावासमा भएको सो भेटमा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ ।

    एमसिसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • # एमसिसी