सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै

एक्सप्रेस पाना
आश्विन १५, २०८१ मंगलबार
  • 270
    SHARES
  • कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । 

    images

    बैठक दिउँसो २ बजे संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोसहितका विपत्तिमा नागरिकका समस्यासँग जोडिने र त्यस्ता समस्याबाट नागरिकलाई बाहिर निकाल्ने विषयमा छलफल हुने बताइएको छ । 

    दलले आज त्यसलाई औपचारिकता दिँदै संसद् सचिवालयलाई खाताबाटै विपद्का लागि १५ दिनको तलब विपद् पीडितहरूको राहत कोषमा जम्मा गर्न पत्राचार गर्नेछ । संसदीय दलको बैठक अघि १ बजे संसदीय दलको नेताको कार्यकक्षमा संसदीय दल कार्यसमितिको बैठक डाकिएको छ ।

    images

    नेपाली कांग्रेसले विपद् पीडितहरूका लागि ५० लाख पार्टीका तर्फबाट दिने घोषणा गरेको छ ।