काठमाडौं । सेयर बजारमा लामो समयपछि वृद्धितर्फको उछाल देखिएको छ। लगातार ओरालोतिर देखिएको बजार अहिले व्यापक हरियालीतर्फ नै बढेको हो।
साताको तेस्रो कारोबारमा मंगलबार ११४.७० अंकले बढेर बजार २६२३.५६ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज २४३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। आज युनिलिभर नेपालको मात्र सेयर मूल्य घटेको छ भने नेपाल ल्युब आयलको सेयर मूल्य परिवर्तन भएको छैन।
बैंकिङ ३.८२, विकास बैंक ५.४८, फाइनान्स ९.७४, होटल तथा पर्यटन ५.९७, हाइड्रोपावर ५.९८, लगानी ६.१०, जीवन बीमा ४.१२, उत्पादन २.१९, माइक्रोफाइनान्स ३.९८, निर्जीवन बीमा ३.०९, अन्य ४.६७ र व्यापार ३.९९ प्रतिशत बढे ।


