सोमबार, कार्तिक १७ गते २०८३
images
images

बाढीपहिरोमा परी हालसम्म देशभर २४४ जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन २०, २०८१ आइतबार
  • 243
    SHARES
  • बाढीपहिरोमा परी हालसम्म देशभर २४४ जनाको मृत्यु

    काठमाडौं । बाढीपहिरोमा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । 

    images

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार १७९ जना घाइते भएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

    सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् ।

    images

    बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो