बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड सहयोग

एक्सप्रेस पाना
आश्विन २०, २०८१ आइतबार
  • 371
    SHARES
  • प्रधानमन्त्री प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड सहयोग

    काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रूपैयाँ सहयोग गरेको छ । 

    images

    आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढीपहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि उक्त रकम हस्तान्तरण गरेका हुन् ।  

    प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्तालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरेका थिए।

    images

    यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो । 

     

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक
  • # प्रधानमन्त्री प्रकोप उद्धार कोष