सोमबार, कार्तिक १७ गते २०८३
images
images

बाढीपहिरोमा परी हालसम्म २४६ जनाको मृत्यु,१८ जना अझै बेपत्ता

एक्सप्रेस पाना
आश्विन २१, २०८१ सोमबार
  • 290
    SHARES
  • बाढीपहिरोमा परी हालसम्म २४६ जनाको मृत्यु,१८ जना अझै बेपत्ता

    काठमाडौं । असोज १० देखि १३ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट हालसम्म मृत्यु हुनेको संख्या २४६ पुगेको छ । 

    images

    नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन् ।

    मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौँ उपत्यकाका ७० जना रहेका छन् । 

    images

    त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशबाट ९ जनाको मृत्यु भएको छ । त्यस्तै कोशी प्रदेशबाट २० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो