मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ३७.१३ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन २१, २०८१ सोमबार
  • 269
    SHARES
  • सोमबार ३७.१३ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अकंले बढेको छ । 

    images

    आज बजार ३७.१३ अंकले बढेर २६९०.७२ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको कारोबार भएको छ । आज १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रहेको छ । 

    images

    आज फाइनान्स सेक्टर र उत्पादन समूह घटेको छ भने बाकी सबै सेक्टर बढेका छन् । 

    बैंकिङ १.९०, विकास बैंक १.१०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर १.०५, लगानी १.४६, जीवन बीमा १.११, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा ०.८८, अन्य २.६१ र व्यापार समूह १.४६ प्रतिशत बढे ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार