मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार २७.३९ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन २२, २०८१ मंगलबार
  • 288
    SHARES
  • मंगलबार २७.३९ अंकले घट्यो सेयर बजार

    काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।  

    images

    यो साता आइतबार र सोमबार लगातार दुई दिन बढेको बजार मंगलबार भने २७.३९ अंकले घटेर २६६३.३२ को बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    बजार सँगै कारोबार रकममा पनि गिरावट आएकोे छ । सोमबार ७ अर्बको कारोबार भएको बजारमा मंगलबार कारोबार घटेर साढे ४ अर्बमा झरेको छ । ४५ हजार ८७० वटा कारोबारमा १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजारको कारोबार भएको छ ।

    images

    मंगलबार म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक २.७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.९३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.३६ प्रतिशतले गिरावट भएको छ ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार