मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मनकामना केबलकार आजदेखी तीन दिन बन्द

एक्सप्रेस पाना
आश्विन २९, २०८१ मंगलबार
  • 239
    SHARES
  • मनकामना केबलकार आजदेखी तीन दिन बन्द

    काठमाडौं । मनकामना केबलकार मंगलबारदेखि तीन दिनसम्म बन्द हुने भएको छ।

    images

    मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । 

    मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

    images

    उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । 

    गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।

  • सम्बन्धित विषय:

  • # मनकामना केबलकार