मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ३१.४८ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन २९, २०८१ मंगलबार
  • 285
    SHARES
  • मंगलबार ३१.४८ अंकले बढ्यो सेयर बजार

    काठमाडौं ।  विजयादशमीको बिदापछिको पहिलो कारोबारमा सेयर बजार हरियालीतर्फ बढेको छ। 

    images

    आज बजार २७०० अंक नजिक पुगेको छ । मंगलबार बजार ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    नेप्से परिसुचक बढेपनि कारोबार रकम भने घटेको छ । आज ३ अर्ब ६ करोडको कारोबार भएको छ ।  

    images

    उत्पादनबाहेक सबै क्षेत्रका सूचक बढेका छन् । उत्पादन समूह ०.२२ प्रतिशत घट्यो । फाइनान्स सूचक सबैभन्दा धेरै ४.६१ प्रतिशत बढ्यो । बैंकिङ १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १.००, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशत बढे ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार