काठमाडौं । बुधबार सेयर बजार दोहोरो अकंले बढेको छ ।
आज बजार ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज २०६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ।
३५ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
आज सबै क्षेत्रका सूचक बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.९८, विकास बैंक १.८५, फाइनान्स ०.८६, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर २.१३, लगानी ०.६९, जीवन बीमा १.८०, उत्पादन १.३६, माइक्रोफाइनान्स १.४८, निर्जीवन बीमा १.३८ तथा अन्य समूह ०.५७ प्रतिशत बढे ।


