काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार उतारचढावबीच २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहिबार ८९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब १९ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। बाकी १४२ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
आज व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । बैंकिङ ०.४०, फाइनान्स ०.५१, लगानी ०.७१, उत्पादन ०.२१, अन्य ०.३६ प्रतिशत बढ्दा निर्जीवन बीमा स्थिरजस्तै रह्यो । माइक्रोफाइनान्स ०.१९, जीवन बीमा ०.२४, हाइड्रोपावर ०.१२, होटल तथा पर्यटन १.४८ र विकास बैंक समूह ०.६४ प्रतिशत घटे ।


