आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौँका विद्यालयमा नेवारी भाषा अनिवार्य  पढाउन महानगरको निर्देशन  

एक्सप्रेस पाना
श्रावण ४, २०७८ सोमबार
  • 398
    SHARES
  • काठमाडौँका विद्यालयमा नेवारी भाषा अनिवार्य  पढाउन महानगरको निर्देशन  

    काठमाडौं ।  नयाँ शैक्षिक सत्र सुरु भए लगत्तै काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा नेवारी भाषा नेपाल भाषा० को अध्ययन अनिवार्य गरिएको छ । कक्षा १ देखि कक्षा ८ सम्म महानगरभित्रका सबै विद्यालयमा अनिवार्यरुपमा नेवारी भाषा अध्यापन गराउनुपर्ने भन्दै महानगरले ताकेता सुरु गरेको छ ।

    images

    महानगरको निर्देशनसँगै अब काठमाडौँ महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले नेवारी भाषा पढ्नुपर्ने भएको छ । १ सय पूर्णाङ्कको नेपाल भाषा नेवारी भाषा लाई अनिवार्य विषयको रूपमा राखिएको हो ।

    महानगरको ताकेता सँगै अब काठमाडौँ महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले यस शैक्षिक सत्रदेखि १ सय पूर्णाङ्कको नेपाल भाषा  नेवारी भाषा अनिवार्यरुपमा पढ्नुपर्ने भएको छ ।

    images

    साथै, महानगरले सामुदायिक मात्र नभएर निजी विद्यालयमा पनि नेवारी भाषालाई अनिवार्य गर्न ताकेता गरेको हो ।  शिक्षा अधिकृत मोतीराज खनालले यस्तो जानकारी दिए । उनका अनुसार नेपाल भाषा अनिवार्य भएको र १ सय पूर्णाङ्कको पढाइ हुनेछ ।

    गत वर्षको असोज १९ मा बसेको महानगरपालिकाको ५१ औँ बैठकबाट काठमाडौँ महानगरपालिकाअन्तर्गत सबै विद्यालयहरूमा नेवारी भाषा अनिवार्य पढाउनुपर्ने नियम ल्याइएको हो ।

     

    kathmandu_mahanagar_6zdMihH2oJ.jpg