शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक ५, २०८१ सोमबार
  • 263
    SHARES
  • चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ । 

    images

    टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा देख्न सकिन्छ । पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व र रहस्य चलचित्रमा रहेको झल्काउँछ । 

    कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै लेखन छ ।

    images

    चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

    अमितेष शाह विशेष भूमिका रहेको चलचित्रका नकिम उद्दिन कार्यकारी निर्माता र मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन निर्माता हुन् । 

    चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

     

  • सम्बन्धित विषय:

  • # चलचित्र ‘मिसिङः केटी हराएको सूचना