काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतबार पनि बजारमा दोहारो अकंको गिरावट आएको थियो । आज बजार २.१४ प्रतिशतले घटेको हो ।
२३ वटा कम्पनीको मात्र सेयर मुल्य बढेको बजारमा आज ५ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ। बाकी २२१ कम्पनीको सेयर मुलय भने घटेको छ ।


