मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २०.४१ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
कार्तिक ७, २०८१ बुधबार
  • 338
    SHARES
  • बुधबार २०.४१ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अकंले घटेको छ । 

    images

    आज बजार २०.४१ अंकले घटेर बजार २६४५.३९ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बुधबार ७६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ। 

    १५५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन।

    images

    आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्तको शेयर मुल्य सबै भन्दा बढी ४.२८ प्रतिशतले घटेको छ ।

    मंगलबार भने बजार दोहोरो अंकले बढेको थियो । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार