काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढ्ने क्रम आइतबार पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।
आज तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला छापावाला सुन एक लाख ६७ हजार ४ सय रुपँैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २०८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


