मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तिहारमा ४५ लाख भन्दा बढि माला खपत हुने अनुमान

एक्सप्रेस पाना
कार्तिक ११, २०८१ आइतबार
  • 249
    SHARES
  • तिहारमा ४५ लाख भन्दा बढि माला खपत हुने अनुमान

    काठमाडौं । तिहार नजिकिए संगै बजारमा फूलका मालाहरूको उच्च माग हुदै आएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यो वर्षको तिहारमा ४५ लाख २५ हजार माला खपत हुने अपेक्षा गरिएको छ । 

    images

    यसमा विशेषगरी सयपत्री, मखमली, गोदावरी, र मिक्स फूलका मालाहरूको उच्च माग रहेको छ ।

    सयपत्री माला सबैभन्दा धेरै खपत हुने अनुमान गरिएको छ, जसबाट करिब ३२ करोड रुपैयाँको कारोबार हुने विश्वास गरिएको  छ । गत वर्ष २२ करोड ७५ लाख रुपैयाँ बराबरका ३५ लाख सयपत्री मालाहरू बिकेका थिए, भने यसपालि ४० लाख सयपत्री माला आवश्यक पर्ने अनुमान गरिएको छ । 

    images

    एसोसिएसनका अनुसार २५ लाख मालाहरू स्वदेशी उत्पादन हुनेछ भने १५ लाख माला भारतबाट आयात गरिनेछ 
     । यसपटक सयपत्री मालाको मूल्यमा वृद्धि हुने सम्भावना रहेको छ ।

    यसैगरी, तिहारमा मखमली फूलको ३ लाख २५ हजार मालाहरू आन्तरिक बजारमा खपत हुने र १ लाख ५० हजार निर्यात हुने बताइएको छ । मखमली र गोदावरी मालाहरूको मूल्यमा ठूलो वृद्धि नहुने अपेक्षा गरिएको छ, किनकि नेपाल यी फूलहरूमा आत्मनिर्भर भइसकेको छ । यो वर्ष पनि २० हजार गोदावरी मालाको खपत हुने अनुमान छ । 

     

  • सम्बन्धित विषय:

  • # तिहार
  • # माला