मंगलबार, कार्तिक १८ गते २०८३
images
images

टक्सार महाशाखामा सुनको असर्फी र चाँदीको सिक्का लिनेहरुको भीड

एक्सप्रेस पाना
कार्तिक १३, २०८१ मंगलबार
  • 302
    SHARES
  • टक्सार महाशाखामा सुनको असर्फी र चाँदीको सिक्का लिनेहरुको भीड

    काठमाडौं । आज नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सुनको असर्फी र चाँदीको सिक्का लिनेहरुको भीड लागेको छ।

    images

    राष्ट्र बैंकले धनतेरसको दिन एक व्यक्तिलाई एक थान सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने व्यवस्था गरेको हो। टक्सार महाशाखाले आज एक दिनका लागि २.५ ग्राम तौलका सुनको असर्फी बिक्री गर्ने व्यवस्था गरेको हो।

    बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त असर्फी बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।

    images

    तिहार सुरु हुनुभन्दा अघिल्लो दिनलाई धनतेरस भनिन्छ। धनतेरसका दिन धातुका सामान किन्नु शुभ मानिने धार्मिक मान्यता छ।

  • सम्बन्धित विषय:

  • # सुनको असर्फी