काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
आज बजार ४६.६९ अंकले बढेर २६९२.०५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलबार बजार १.७६ प्रतिशतले बढेको हो ।
आज बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । २२१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। बाकी १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
१३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा निर्जीवन बीमा कम्पनी सर्वाधिक बढेको छ ।


