आइतबार, कार्तिक १६ गते २०८३
images
images

गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

एक्सप्रेस पाना
कार्तिक १४, २०८१ बुधबार
  • 401
    SHARES
  • गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

    images

    बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिएका हुन् । उनले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गरे ।

    टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता अर्यालले रु एक करोड दुई लाख ७० हजार कोषमा दाखिला गरिएको जानकारी दिइन् ।

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # नेपाल टेलिकम