काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ ।
आज बजार १४.४३ अंकले घटेर २६७७.६२को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आज ५ अर्ब ९५ करोड ३९ लाखको कारोबार भएको छ।
बुधबार ७५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
.jpg)


