काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद भएको छ ।
मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक विमानस्थलबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट काठमाडौँ आएका उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ गरिएको हो ।


