काठमाडौं । तिहार बिदा पछिको दोस्रो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।
आज बजार १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बजार घटे पनि कारोबार रकम भने केही बढेको छ । आज बजारमा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएको थियो ।
त्यसैगरी बुधबार १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन।
तिहार बिदापछि बजार बढ्ने आकलन गरेपनि बजार उकालो लाग्न सकेको छैन ।


