काठमाडौं । चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा नेपाल र परदेशमा दुईतिर परिवार रहँदाको समस्या, विदेशको कठिन बसाई, अर्काको देशको कानुन नबुझ्दा भोग्नुपर्ने समस्यालाई देखाइएको छ ।
ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपीन कार्की बृद्ध र जवानसहित दोहोरो भूमिकामा छन् ।
मंसिर ७ गते प्रदर्शन हुने तयारीका रहेको चलचित्र ‘तेल भिसा’मा विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।


